दफा
विभूषण समिति
: (१) यस ऐन बमोजिम प्रदान गर्ने विभूषणका सम्बन्धमा मन्त्रिपरिषद् समक्ष सिफारिस प्रस्तुत गर्न देहाय बमोजिमको एउटा विभूषण समिति रहनेछ :
(क) वरिष्ठ उपप्रधानमन्त्री वा निज नरहेको अवस्थामा मन्त्रिपरिषद्को वरिष्ठ मन्त्री – अध्यक्ष
(ख) गृह मन्त्री – सदस्य
(ग) राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुमध्येबाट समावेशी सिद्धान्तको आधारमा मन्त्रिपरिषद्ले तोकेको महिला सहित छजना – सदस्य
(घ) गृह सचिव – सदस्य–सचिव
(२) समितिको बैठक समितिको अध्यक्षले तोकेको समय र स्थानमा बस्नेछ ।
(३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आपैmले निर्धारण गरेबमोजिम हुनेछ ।